२०८२ फाल्गुन ३० गते शनिबार

बाल अधिकार सम्बन्धी अभिमुखिकरण

अभिलाष गुप्ता वीरगंज, १२ चैत । स्थानीय बाल अधिकार समितिको काम,कर्तव्य र अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम आज पर्सागढी नगरपालिकामा सम्पन्न भएको छ ।
स्थानीय बाल अधिकार समिति पर्सागढी नगरपालिकाको आयोजना, युवामयको सहयोगमा भएको कार्यक्रममा युवालयका प्रतिनिधि राहुल कुमार साहले बाल अधिकार र बालबालिकासँग सम्बन्धीत कस्ता घटना हुन्छन ? के कारणले घटना घटिरहेका छन् ? यस्लाई निर्मूल बनाउन के गर्न सकिन्छ भन्नेबारे कार्यक्रम केन्द्रित रहेको बताउनुभयो । उहाँले बाल अधिकार,कर्तव्यका वारेमा प्रष्ट पार्दै कार्यक्रमको उद्देश्यवारे जानकारी दिनुभयो ।
शिक्षा शाखाका प्रमुख देवकुमार गिरीले हामीलाई काम गर्न वडाध्यक्षहरूले सहयोग गरिदिनु भयो भने हामीले झन् काम सजिलो र छिटो हुने तथा पर्सागढी नगरपालिकाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्ने र सफल हुने बताउनुभयो । त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख शोभा मलिकले बालबालिकाको लागि वडाले पनि बजेट छुट्याइदिनुप¥यो र बजेटलाई कार्यान्वयनमा ल्याइदिनुपर्याे भन्दै बजेट छुट्याउँदा पनि नेपाल सरकारको बजेट छुट्याएर अनुदानको बजेटको कुनै भर पनि हुँदैन गैरसरकारी संस्थाहरूको भरमा मात्र रहेर हामी बालमैत्री वा बालबालिकाको लागि कुनै कार्य पनि सफल पार्न नसक्ने बताउनुभयो । उनले भने, उहाँहरू एउटा बाटो देखाउने काम गर्नुहुन्छ र त्यो बाटोमा हामीले काम गरेर आफ्नो अब काम गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा बालबालिका शाखाका शाखा प्रमुखलाई राख्नुभयो। कार्यक्रमका सहजीकरण राम प्रवेश शाहले गर्नुभएका थिए।
कार्यक्रमका अध्यक्ष पर्सागढी नगरपालिकाका अध्यक्ष गोकर्ण पाठकले शिक्षा बाट बन्चित बालबालिकालाई विद्यालयसम्म पुर्याउन, पठनपाठन गर्ने वातावरण सिर्जना गर्न नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले बाल अधिकारबाट बन्चित कोहि बालबालिका भए खबर गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्न गाउँँपालिका लागी परेको बताउनुभयो । पर्सागढी नगरपालिकाले बालबालिकाको क्षेत्रका उल्लेख्य काम गरेको स्मरण गर्दै कोहि पनि बालबालिका आफ्नो अधिकारबाट बन्चित नहुने भन्ने सवालमा पालिका सचेत रहेको बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM