२०८२ चैत्र २ गते सोमबार

पर्साका पत्रकारहरूद्वारा हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शन

पत्रकार सुरेश रजकको घटनाको विरोधमा पर्साका पत्रकारहरू द्वारा सडकमा उत्रिएर दोषीमाथि कठोर कारबाहीको माग गरेका छन् । बिरगंज स्थित घन्टाघर चौकमा पत्रकारहरुले हातमा कालो पट्टी बाँधेर शान्तिपूर्ण प्रदर्शन गरेका छन।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारसँग निष्पक्ष छानबिनको माग गरेका छन् । उनीहरूले अपराधीलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा सजायको माग राखेका छन् ।

साथै, पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षणका लागि ठोस कदम चाल्न सम्बन्धित निकायलाई दबाब दिएका छन् । प्रदर्शनकारीहरूले घटनाले पत्रकारिता पेसामा त्रासको वातावरण सिर्जना गरेको भन्दै तत्काल न्यायको सुनिश्चितता गर्न जोड दिए ।

शुक्रवार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन शुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM