२०८२ चैत्र ३ गते मंगलवार

नेपाल पत्रकार महासंघ पर्साद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत केपी शर्मा ओलीलाई ज्ञापनपत्र

 

अभिलाष गुप्ता
चैत १८ बिरगंज

आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाईमा पर्साका सञ्चारकर्मीहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले बुझाएको उक्त ज्ञापन पत्रमा राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार रजकको हत्याको छानबिन गरी हत्यारलाई कारबाही गर्न ,घाइते पत्रकारहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउन, सञ्चारगृहरुमा भएको तोडफोड र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न तथा त्यसको उचित क्षतिपुर्ति उपलब्ध गराउन माग गरिएको छ ।आँफुहरुको माग सम्बोधन नगरिए पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्लाका सम्पूर्ण पत्रकारहरु आन्दोलनमा उत्रिने चेतावनी समेत पत्रकार महासंघ पर्साले दिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले भने तपाईहरुको माग म सम्बन्धित माथिल्लो निकायमा पुरर्याउँछु । स्थानीय प्रशासन सहित सरकार पत्रकारहरुको साथमा छ ।ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारी एवं विभिन्न मिडिया बाट आएका संचारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM