२०८२ फाल्गुन २८ गते बिहीबार

नेपालमा लोक तन्त्र नभई दल तन्त्र रहेको बताए : अध्यक्ष प्रभु साह

 

अभिलाष गुप्ता
चैत १९ बिरगंज

 

आम जनता पार्टीका अध्यक्ष प्रभु साह द्वारा बिरगंज महानगरपालिका स्थित ओम होटेलमा सोमबार पत्रकार भेटघाटको आयोजना गरेका थिए।

उक्त कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बिरगंज लाई आर्थिक राजधानी घोषणाको माग समेत गरेका थिए। उनले बिरगंज आर्थिक नगरी हो। सरकार भनेको अभिभावक हो। उनका अनुसार जब राजधानीमा सरकारले मान्छे लाई सुरक्षा दिन सक्दैन तब यस्तो सरकारको के काम यो अहिलेको सरकार गैरजिम्मेवारी सरकार रहेको आरोप समेत लगाएको थिए।

उहाँले अहिलेको एमाले कांग्रेस सहितका दलहरुको सरकार गठन गर्ने बेलामा संविधान संसोधनका लागि भनिएपनि त्यो दुवै विषय अहिले सरकारको प्राथामिकतामा नपरेकोले सरकार असफल भएको बताएका थिए।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको
सरकार संकटमा रहेको भन्दै आफ्नो मूल्यांकन गर्दा सरकार आफै फेल भएको जिकिर गरे । छिमेकी मुलुक भारतसँग दुईतिहाई आर्थिक कारोबार हुने गरेको भएपनि भारतसँगको राजनीतिक, कुटनीतिक र आर्थिक कुनैपनि सम्बन्ध राम्रो नरहेकोले यो चिन्ताको विषय बनेको धारणा राखेका थिए।

अध्यक्ष प्रभु साहको भनाई अनुसार नेपालमा लोक तन्त्र नभई दल तन्त्र रहेको बताएका थिए।राज्यले आफ्नो जिम्मेवार पूरा गर्नु पर्छ धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM