२०८२ फाल्गुन २८ गते बिहीबार

सशस्त्र प्रहरी बल पर्सा द्वारा १० लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको कपडा र मकै नियन्त्रणमा

 

अभिलाष गुप्ता
चैत १९ बिरगंज

सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरी ल्याइएका १० लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको कपडा र मकै नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा उक्त सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज पोखरिया सडकखण्डस्थित अलौमा मयुरी रिक्सा प्रयोग गरी भारतबाट भन्सार छली ल्याइएको ३ लाख ८७ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको हो।त्यसैगरी, बिन्दबासिनी गाउँपालिका–४ स्थित सतुमाई मन्दिर नजिकबाट भारततर्फ लगिँदै गरेको ६ लाख ६६ हजार ९ सय रुपैयाँ बराबरको मकै पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM