अभिलाष गुप्ता
चैत २० बिरगंज
६८ औ सहकारी दिवसको अवसरमा कोअपरेटिभ म्यानेजर क्लब पर्साको आयोजनामा बिरगंज महानगरपालिका स्थित नारायणी क्षेत्रीय अस्पतालमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल तथा अस्पतालका मेसु चुमनलाल दास तथा डाक्टर श्रुति शाहको सहजीकरणमा तथा यस क्लबका उपाध्यक्ष रामबाबु चौधरी महासचिव दीपक चौधरी सचिव प्रदीप कुमार लोहार राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख संजय कुमार महतो सञ्चालक सदस्य सदस्यको उपस्थितिमा फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ।
साथै ६८ औ सहकारी दिवसको अवसरमा कोपरेटिभ म्यानेजर क्लब पर्सा द्वारा बाल आश्रममा पनि फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ।



















