अभिलाष गुप्ता
चैत्र २० बिरगंज
नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको बैठक लाई सम्बोधन गर्दे वरिष्ठ नेता संतोषानन्द महाराजले भने सनातन हिन्दू राष्ट्र नेपाल स्थापना हेतु हुने आन्दोलनका लागी तैयार रहन सम्पूर्ण सरोकारवाला लाई अनुरोध गरेका छन। हिन्दू राष्ट्र पक्षधर सम्पूर्ण शक्ति लाई हाम्रो पूर्ण साथ र समर्थन रहने बताए। नेपालीहरुको पहीचान विश्व सामू हिन्दू राष्ट्र बाट थियो।
धर्म निरपेक्षताको आड़मा केवल हिन्दूहरु माथी अत्याचार,दमन, शोषण, अन्याय र पीड़ा दिने कार्य व्यापक रूपमा भई रहेको बताए। नया नेपाल र धर्म निरपेक्षताको खाल ओडि सनातन हिन्दू धर्म मासने कार्यको जलनत उदाहरण हो गौ हत्या, धर्म परिवर्तन, मठ मन्दिर माथी आक्रमण, हिन्दू अभियान्ता लाई झूठा मुदा लगाउने, लब जिहाद जस्ता अनेकौ उदाहरण रहेका छन। भोटको बेला ठुला राजनीतिक दलले हिन्दू लाई मात्र ठगने गरेका छन। महाराजले भने सनातन हिन्दू राष्ट्र नेपाल सम्पूर्ण नेपालीहरु लाई एक सूत्रमा बाधने सेतु हो। सच्चा नेपालीले हिन्दू राष्ट्रको विरोध गर्दैन केवल ईसाई र इस्लामिक एजेंट विरोध गर्छन।हिन्दू राष्ट्र नेपाल स्थापना हेतु हुने आन्दोलनमा नेपाल जनता पार्टीको निर्णायक भूमिका हुने ठोकुआ गरेका थिए ।
रानीसती मन्दिर बीरगंजमा भएको बैठकमा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, अधिवक्ता बिनोद प्रसाद कुर्मी, पारस दुबेदी, मधेश प्रदेश समिति सदस्यहरु राम प्रसाद कुर्मी, विभा साह,पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी,उपाध्यक्ष धीरज साह हलुवाई, महामंत्री नबीन मिश्रा, मंत्री आनन्द सिंह कुर्मी, प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सह-कोषाध्यक्ष संतोष कुशवाहा, कार्य समिति सदस्यहरु पीयूष गुप्ता, अंशू कुमार प्रजापति, सुमंत कुमार दीप, मधुसूदन ठाकुर लोहार, भगल महरा , मुना साह तेली, विनय सिंह राजपूत, मनीष वर्णवाल,अजय पासवान, जयश्री देवी साह, रंजिता देवी, महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता, सह-संयोजक रेखा वर्णवाल सहभागी रहेका थीए।









