अभिलाष गुप्ता
चैत २५ बिरगंज
नारायणी रङ्गशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन वीरगञ्ज महानगरको आयोजनामा टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर संयुक्त रूपमा गरेका हुन् ।
उक्त कार्यक्रममा स्वागत नृत्य बिरगंज महानगरपालिका नगवाका काव्या एकेडेमीका बालबालिकाले गरेका थिए।
उद्घाटन कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, ज्ञानदा एकेडेमीका प्रशासन प्रमुख राजेन्द्र प्रसाद कोइराला,प्याब्सन पर्सा नगर अध्यक्ष राहुल गुप्ता,काब्या एकेडेमीका प्रमुख हरिन्द्र कुशवाहा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरूले नृत्य र शुभकामना गीत प्रस्तुत गरेका थिए, जसले समारोहलाई अझ आकर्षक बनाएको थियो ।कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष जियालाल गुप्ताले गरेका थिए । आयोजक पक्षका अनुसार प्रतियोगिताले वीरगञ्जमा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
आज भएको मार्चपासमा ९ वटा बिधालयका विद्यार्थीहरु सहभागी भएका थिए। उक्त मार्चपासमा प्रथम जिएचपी स्कुल दोस्रो समारमाथा एकेडेमी तेस्रो रिचा स्कुल भएको थियो उनीहरूलाई मेडलले सम्मानित गरिएको हो ।खेलको उदघाटन समारोहमा जिएचपी स्कुलका प्रिन्सिपल रोमी कौर,कदम्बरी स्कुलका प्रिन्सिपल राजेन्द्र आर्चाय, नृसिह माविका प्रअ हरेन्द्र कुर्मी तथा विभिन्न बिधालयका प्रिन्सिपल एवम् संचालकहरुको उपस्थित रहेको थियो ।
आजको खेल डेसिमल स्कुल र काव्या एकेडेमी बीच भएको थियो उक्त खेलमा डेसिमल स्कुलले ९६ रन बनाउन सफल भएको थियोे भने ९७ रनको टार्गेट दिएको थियो भने काव्या एकेडेमीले ९ ओभरमा जित हासिल गरेको थियोे।
एनप्याब्सन महानगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको स्वागत मनतब्य नगर सचिव शेखअजहरले गरेका थिए भने सहजिकरण पत्रकार सुर्य विकले गरेका हुन । टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगितामा २९ वटा बिधालयहरुको सहभागी रहेको छ भने उक्त क्रिकेट प्रतियोगिता बैशाख ४ गते फाईनल समापन हुने आयोजकले जानकारी गराएका थिए।









