२०८२ फाल्गुन ३० गते शनिबार

लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ

 

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमित चेकजाँच गर्ने क्रममा शंकास्पदरूपमा तिन जना मानिसहरू पैदल भारतको रक्सौलतर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.३ झबराहा बस्ने वर्ष २९ को पंचलाल माझीले आफ्नै शरीरमा टेपले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ २ के.जी.८७५ ग्राम उनको साथ बाट फेला परेको थियोे।

अर्का ब्यक्ती जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.३ झबराहा बस्ने वर्ष २१ को मुकेश माझीले लगाएको सर्टमुनी शरीरमा सेतो रंगको टेपले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ २ के.जी.८७५ ग्राम फेला परेको थियोे।उनीहरूलाई बरामद लागु औषध सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-७ दिने म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM