अभिलाष गुप्ता
बैशाख ०३ बिरगंज
नेपाल पत्रकार महासंघ पर्साद्वारा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाइएको छ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतुत्वमा गएको टोलीले आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला सचिब बिजय महतोले मंगलवार राती जिल्ला प्रहरी कार्यालय पर्सामा रिपोर्टिङ गर्ने क्रममा एभि न्युज कर्मी अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका फोटो पत्रकार अनिल ओझालाई आक्रमण गर्ने दोषीलाई पत्ता लगाई अबिलम्ब कार्वाही गर्नु पर्ने माग राख्दै , भयभीत बाताबरण रहित सूचना संकलन गर्न पाउनु पर्ने र राज्यले सुरक्षा दिनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाउन पर्साका विभिन्न सन्चार संगठनका पदाधिकारीहरुको समेत सहभागी रहेको थियो ।
Post Views: 151









