२०८२ चैत्र ३ गते मंगलवार

बिरगंजको दुई छुट्टा छुट्टै स्थानमा रक्तदान कार्यक्रम सम्पन्न ९२ पोका रक्त संकलन वडा अध्यक्ष द्वारा १ लाख सहयोग

अभिलाष गुप्ता
बिरगंज ११ बैशाख

 

बिरगंज महानगर पालिका वार्ड न. १० को आयोजना र घड़िअर्वा स्पोर्ट्स क्लब, बिरगंज भेटरान सिटी मनीला फ़ाउनडेसनको सह आयोजनामा लोकतन्त्र दिवसको अवसर मा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अथिती बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा एवं वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह क़ानुको अध्यक्षतामा सम्पन्न भएको थियोे भने बिशिष्ठ अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा सभापति ब्रिजकिशोर पटेल,शाखा मन्त्री बिनोद गिरी,घड़िअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष साह क़ानु,प्रभाकर गुप्ता उमासंकर साह किशोरी साह,शंभु साह,भेटरान सिटीका सागर राणा रोशन गुप्ता,दिनेश साह। वार्ड सचिव पवन प्रधान वार्ड सदस्य सन्तोष जैसी लगायत को उपस्तिथि रहेको थियो।

उक्त रक्तदान कार्यक्रममा १ महिला सहित ५२ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा सुशील कुमा गुप्ता,
डा. उमेश कुशवाहा,उमाशंकर साह,नरेश शर्मा,आदित्य कुमार साह,सन्तोष जैशी,राजेश सिंह,लखन लाल गुप्ता लगाएतकाहरुले रक्तदान गरेका हुन।उक्त रक्तदान कार्यक्रममा बिरगंज रक्तसंचारका प्राबिधिक जितेन्द्र कुश्वाहा,नितेश यावद,नमित चौरसियाको सहयोग रहेको थियोे।

साथै महानगरपालिका वडा नम्बर १० काे वडा कार्यलयले रक्त सञ्चार केन्द्र वीरगन्जलाई १ लाख रुपैयाँ प्रदान गरेकाे छ।वडाका नागरिक बिरामी परेर रगत चढाउन परेमा रक्त सञ्चार केन्द्रमा रगत परीक्षण बापत लाग्ने शुल्क नि:शुल्क गराउनका लागि वडा कार्यालयले उक्त रकम रक्त सञ्चार केन्द्रलाई प्रदान गरेकाे हाे।बिहीबार वडा कार्यालयमा आयाेजित रक्तदान कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे उपस्थितिमा वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले १ लाख रुपैयाँको चेक नेपाल रेडक्रस साेसाइटी पर्साका सभापति बृजकिशाेर पटेललाई प्रदान गरे।

अर्को रक्तदान लिन्करोड स्थित बिस्को भवनमा सम्पन्न भएको छ।बिरगंज बचत तथा ऋण (बिस्को) सहकारी संस्थाको २७ औं बार्षिक उत्सवको अवसरमा बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका एसपि गौतम मिश्रको आतिथ्यमा सम्पन्न भएको थियोे।

दुबै रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियोे।

उक्त रक्तदान कार्यक्रममा ४ महिला सहित ४० जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नुहुनेमा दिपेश कार्की,प्रमानन्द कृष्ण,नागेन्द्र साह, रामबिलाश महतो,स्मित सिंह लगाएतकाहरुले रक्तदान गरेका थिए। उक्त रक्तदान कार्यक्रममा बिरगंज रक्तसंचारका प्राबिधिक दिलमाया घिमिरे र समिम आलमको सहयोग रहेको थियोे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM