अभिलाष गुप्ता
बैशाख ११ बिरगंज
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैयाको बैठक आज सम्पन्न भएको छ ।केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बसेको बैठकले यहि बैशाख १३ गते शनिबारको दिन बिहान ७:०० बजेदेखि छ्पकैया वडा न.२ स्थित छटघाट नीर रहेको धर्मशालामा निसुल्क आँखा शिबिरको आयोजना गर्ने निर्णय गरेको छ ।
सामुदायिक सेवा केन्द्र छ्पकैया-२ को आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालको विशेष सहयोगमा निसुल्क आँखा शिबिरको आयोजना हुने भएको जानकारी अध्यक्ष ठकुराईले जानकारी दिनुभयो ।
शिबिरमा ३ सय जना जतिको चेकअप गर्ने लक्ष्य लिएको र निसुल्क चेकअप सङै आवस्यक औंषधि समेत बितरण गर्ने र मोतिया बिन्द हुनेहरुको बिरगंज सामुदायिक आँखा अस्पतालमा निसुल्क अपरेसन समेत गर्ने व्यवस्था समेत भएको अध्यक्ष ठकुराईले बैठकमा जानकारी गराएका थिए ।
अध्यक्ष ठकुराईले निसुल्क आँखा शिबिरको उदेश्य भनेको गाउघरमा रहेका गरिब , निमुखा र पैसाको अभावले गर्दा अस्पताल सम्म पुग्न नसक्नेहरुलाई यसबाट सहज रुपले सेवा लिन सक्ने भएकोले कोहि पनि आखाको उपचार बिना अन्धकार जिवनबाट गुज्रिन नपरोस भन्ने रहेको बताए । यसलाई सबैले भब्य र सभ्य रुपमा सफल बनाउन समेत आग्रह गरेका थिए ।
बैठकमा आमन्त्रित सदस्य वडा न.२ का वडा सदस्य बसिर मिया हजाम , सामुदायिक सेवा केन्द्र चापकैया-२ का सचिब प्रबिण बिक्रम शाह , सदस्य अजित भुजेल , धिरज शर्मा , अरुण गोयल , अब्दुल कैश तेलि , प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर सिंह ठकुरी , प्रहरी सहायक हवल्दार मणि भुषण यादव , प्रहरी सहायक हवल्दार पनालाल कुमार पन्डित , प्रहरी जवान सोलाजिम मिया रहेका थिए ।









