अभिलाष गुप्ता
बैशाख १३ बिरगंज
बिरगंज महानगरपालिका द्वारा वडाहरुमा आफ्नो बिकास गति तीब्र गरेको छ।बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा नं.१५ मा अनुगमन गरेके छन। बिरगंज महानगर पालिका वडा नं.१५ मा भैरहेको विभिन्न योजना को स्थलगत अनुगमन गर्नु भएको हो। स्थलगत अनुगमनको क्रममा देखिएको त्रुटि सुधार गर्न सम्बन्धि ठेकदार लाई निर्देशन दिनुभएको छ। वडा नं.१५ का स्थानीय बासिहरु ले वडामा रहेको समस्या समाधान गर्न आग्रह गरेका छन।
वडाबासिहको कुरा सुनेर सो समस्याको समाधान गर्न बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा स्थानीय बासिहरु संग प्रतिबधतागर्नु भएको छ। आउने दिन हरुमा बिरगंज महानगरपालिकाले ३२ वटै वडाहरुमा आफ्नो योजना लाई तिब्रता दिने छ। वडामा भैरहेको समस्या तथा नगर बासिहरुको कठिनालाई महानगरपालिकाले समस्या समाधान गर्न तर्फ लागने छ । बिरगंज महानगर पालिकाले सुन्दर बिरगंज स्वक्ष बिरगंज बनाउन आफु दिन रात लागि परेको बताउनु भयो। निर्माण कार्यमा ढिलाई न गर्न ठेकेदार लाई निर्देश दिनु भयो। भइरहेको निर्माण कार्यलाई निगरानी गर्न स्थानीय बासिहरुलाई आग्रह गर्नु भएको छ।









