२०८२ चैत्र ४ गते बुधबार

बिकन सेकेन्डरी स्कुलद्वारा आमाको मुख हेर्ने पर्व धुम धामका साथ सम्पन्न, आमाहरुलाई सम्मान

 

अभिलाष गुप्ता
बिरगंज १४ बैशाख

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ।सोही क्रममा आज आइतबारका दिन एक कार्यक्रमको आयोजना गरि यस बिकन सेकेन्डरी स्कुलमा पढने बालबालिकाहरुको आमा लाई बोलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ।

सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको आतिथ्यमा एवं शैक्षिक सहिद मुकुन्द प्रसाद स्मृति खनाल प्रतिषठान पर्साकि अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा सम्पन्न भएको हो भने विशिष्ट अतिथिमा यस स्कुलका प्रीन्सिपल जय कुमार दनुवार,रीना बिश्वकर्मा,सुबास भट्टराई लगाएतकाहरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा यस स्कुलका स-साना बालबालिकाहरुले विभिन्न किसिमका मनोरञ्जन कार्यहरु एवं गित संगित गरि सबै आमाहरु लाई झुमाएका थिए।

बिकन सेकेन्डरी स्कुलका संचालक एवं वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायका भनाई अनुसार यस अवसरमा सन्तानहरूले आमालाई मीठा–मीठा खानेकुरा खुवाउने, नयाँ लुगा उपहार दिने र आशीर्वाद लिने परम्परा छ।आफ्नो जन्मदाता आमाप्रति कृतज्ञता व्यक्त गर्ने र आमा जीवित नभएका व्यक्तिहरूले भने तीर्थस्थल गइ श्रद्धाञ्जली अर्पण गर्ने चलन छ।सांस्कृतिक तथा पारिवारिक सम्बन्ध सुदृढ गर्ने भएकोले आमाप्रतिको माया र सम्मान अभिव्यक्त गर्ने अवसर प्रदान गर्छ। धार्मिक विश्वासअनुसार यस दिन आमाको मुख हेरेर आशीर्वाद लिनाले दीर्घायु र समृद्धि प्राप्त हुने मानिन्छ बताएका थिए।उक्त कार्यक्रम संचालन शिक्षक राहुल साहले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM