२०८२ फाल्गुन २९ गते शुक्रबार

पर्सा जिल्ला प्रहरीद्वारा मासिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता
बैशाख १८ वीरगञ्ज

जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी इकाई प्रमुखहरूसँग मासिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले गरेका थिए। उनले समसामयिक परिस्थितिको विश्लेषण गर्दै विभागीय नीति तथा निर्देशनको कडाइका साथ पालना गर्न मातहतका इकाई प्रमुखहरूलाई निर्देशन दिएका छन्।

छलफलका क्रममा जिल्लामा सुदृढ प्रहरी सेवा प्रवाह, शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा अनुसन्धानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत चर्चा भएको थियो।

त्यसैगरी, भन्सार छली, चोरी निकासी र पैठारी नियन्त्रण, साथै विपद् व्यवस्थापनसम्बन्धी रणनीति र कार्ययोजनाका बारेमा समेत प्रहरी उपरीक्षक मिश्रले आवश्यक निर्देशन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले यो अन्तरक्रियालाई नियमित समीक्षा र सेवा सुधारको महत्वपूर्ण प्रक्रिया रहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM