२०८२ चैत्र ३ गते मंगलवार

बारामा सवारी दुर्घटना, एक बालकको मृत्यु, चालक फरार

 

अभिलाष गुप्ता
बैशाख १८ बिरगंज

बाराको फेटा गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ भने एकजना घाइते भएका छन्।

फेटा गाउँपालिका–७ स्थित गमहरिया चौक नहर नजिक फेटाबाट मटिअर्वातर्फ जाँदै गरेको बा ०१–०३० च १४२१ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको हो।

दुर्घटनामा अटो चालकसहित ८ जना सवारमध्ये २ जना घाइते भएका थिए। घाइतेमध्ये विश्रामपुर गाउँपालिका–५, ईटियाही टोलका १३ वर्षीय समर पण्डितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

त्यस्तै चितवनको खैरेनी गाउँपालिका–६, पुलटोल निवासी हरीशरण हजरा घाइते भएका छन्।

घटनापछि प्रहरीले अटो चालक कलैया उपमहानगरपालिका–२०, बसतपुरका ५३ वर्षीय अबुलयस मियालाई नियन्त्रणमा लिएको जनाएको छ भने पिकअप चालक भने फरार रहेका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM