२०८२ फाल्गुन २८ गते बिहीबार

विपन्न समुदायका लागि वीरगंजमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न

विपन्न समुदायका लागि वीरगंजमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न

अभिलाष गुप्ता
बैशाख १९ बिरगंज

वीरगंज, पर्सा – सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवाकेन्द्र, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, रुँगटा वेलफेयर सोसाइटी, तथा वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–१, बजार छपकैया स्थित डोम बस्तीमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

शिविरमा आँखा, कान तथा दाँत सम्बन्धी चेकजाँच तथा उपचार सेवा प्रदान गरियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र थिए भने अध्यक्षता जयप्रकाश खेतानले गर्नुभएको थियो।

कार्यक्रममा महिला १३० जना र पुरुष ८० जना गरी कुल २१० जनाले सेवा लिएका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी वरिष्ठ नायव निरीक्षक केदार तिमिल्सेना, प्रहरी नायव निरीक्षक प्रदीप कुमार गोले, महेश सिंह धामी (सामुदायिक आँखा अस्पताल), समाजसेवी कमल चौगाई, कैलाश बजाज, लालबाबु गुप्ता, श्याम प्रसाद साह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सुरक्षा निकायका पदाधिकारी, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय समुदायको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM