२०८२ फाल्गुन १९ गते मंगलवार

नेपाल भारत मैत्री संघ पर्साद्वारा श्रद्धाञ्जली अर्पण एवं एक्यबद्धता सभा सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख २० बिरगंज

शनिबारका दिन नेपाल भारत मैत्री संघ पर्साद्वारा जम्मू-कश्मीर भारतको पहलगाममा भएको दर्दनाक घटनामा मारिएका तथा घाइते भएका निर्दोष पर्यटकहरूको सम्झनामा श्रद्धाञ्जली एवं एक्यबद्धता सभा सम्पन्न गरियो।

वीरगञ्जको आदर्शनगरस्थित कलवार कल्याण समितिको सभाहलमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले उक्त घटनामा ज्यान गुमाएका २७ जना पर्यटकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

उक्त घटनामा ज्यान गुमाउनेमध्ये नेपालका बुटवल निवासी सुदीप न्यौपाने पनि रहेका थिए। उनी रोट्र्याक्ट क्लब अफ यत्ति हेल्थका पूर्व अध्यक्ष समेत थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल भारत मैत्री संघका पूर्व राष्ट्रिय अध्यक्ष श्री राजकुमार सिन्धी थिए भने सभाको अध्यक्षता निफा पर्साका अध्यक्ष रजत सचदेवाले गर्नुभयो।

सभामा नेपाल भारत मैत्री संघका पूर्व अध्यक्ष निर्मल खत्री, कार्यसमिति सदस्य डा. मनोज कुमार सरार्फ, उपाध्यक्ष ओमप्रकाश यादव, अन्य पदाधिकारी तथा आजीवन सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमले नेपाल–भारत जनस्तरको सम्बन्ध सुदृढ बनाउने कार्यमा योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका थिए।

 

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM