२०८२ फाल्गुन ३० गते शनिबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २५औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बैशाख २१ बिरगंज

बिरगंज, वैशाख नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरी २५ औं वर्ष प्रवेशको अवसरमा बिरगंजमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको आयोजना नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेशिक कार्यालय बिरगंज शाखाले गरेको हो, जसको अध्यक्षता नेपाल लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख दशरथ झाले गरेका थिए भने उपस्थितिमा शाखा प्रमुख चिरञ्जीवी मिश्रा,पेशागत बिमा अभिकर्ता संघ नेपालका केन्द्रिय सदस्य महेन्द्र यादव,बिमा अभिकर्ता संघ बिरगंजका अध्यक्ष कमरुलहक मियाको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल रक्तसंचार केन्द्र बिरगंजका प्राविधिक जितेन्द्र कुश्वाहा, मनिष गुप्ता, लिलाधर साह लगायतको सहयोग उल्लेखनीय रहेको थियो।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियो।

कुल २९ जनाले रक्तदान गरेका थिए, जसमा ३ महिला सहभागी थिइन्। रक्तदान गर्नेहरुमा उषा देबी,अंगुरी खातुन,मन्जु पाखरिन,राजु साह, कमल बराल, जटा संकर मुखिया, अभय कुमार साह लगायतका व्यक्तिहरू रहेका छन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM