अभिलाष गुप्ता
बिरगञ्ज, २३ बैशाख
पर्सा जिल्लाको बिरगञ्ज स्थित बाल सुधार गृहमा विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा १८ थान पंखा सहयोग गरेका छन। यस सहयोगले बाल सुधार गृहमा रहेका बालकहरूको बसोबास र स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रममा सहयोग गर्ने लायन्स क्लबहरू लायन्स क्लब अफ सेन्ट्रल २ थान,लायन्स क्लब अफ परिवार १ थान,लायन्स क्लब अफ वीरगञ्ज १ थान,लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटी २ थान,लायन्स क्लब अफ वीरगञ्ज प्रभु २ थान,लायन्स क्लब अफ मिलेनियम एमजेएफ १० थान,लायन हरि नारायण काबरा ३ थान,लायन श्रीराम गिरी ३ थान,लायन वीरेन्द्र शाह १ थान,लायन जसपाल टिब्रेवाल १ थान,लायन पी.बी. शाह १ थान,लायन डी.एन. अग्रवाल १ थान गरि कुल १८ थान पंखा सहयोग गरिएको थियोे।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको आतिथ्यमा एवं विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय बिरगञ्ज पर्साका प्रमुख एसपी गौतम मिश्रा,शस्त्र प्रहरी कार्यालय बिरगञ्ज पर्साका प्रमुख एसपी राधेश्याम धिमाल,ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्साका अध्यक्ष जय प्रकाश खेतान,समाजसेवी उषा देबि,पशुपति साह,मुर्लीधर रुङटा,महानगरका अर्बिन्द लाल कर्ण,प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला शाहको उपस्थिति रहेको थियो। उहाँको उपस्थितिले कार्यक्रममा विशेष महत्त्व थपेको छ।

लायन श्याम गुप्ता, क्षेत्र नम्बर ३ का प्रमुख, ले यस सहयोगको महत्त्वपूर्णता र लायन्स क्लबहरूको सामाजिक उत्तरदायित्वलाई जोड दिएका छन्। उहाँले भविष्यमा पनि यस्ता सहयोगात्मक कार्यक्रमहरूको निरन्तरता रहने विश्वास व्यक्त गरेका छन्।
यस प्रकारका सहयोगात्मक कार्यक्रमहरूले बाल सुधार गृहमा रहेका बालकहरूको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुर्याउने विश्वास गरिएको छ।









