२०८२ फाल्गुन २६ गते मंगलवार

२८७ क्याप्सुल ट्रामाडोलसहित लागूऔषध कारोबारमा संलग्न ५ जना पक्राउ

२८७ क्याप्सुल ट्रामाडोलसहित लागूऔषध कारोबारमा संलग्न ५ जना पक्राउ

अभिलाष गुप्ता

हेटौंडा, मकवानपुर लागूऔषध ट्रामाडोल र गाँजासहित मकवानपुरमा पाँच जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कुल २८७ क्याप्सुल ट्रामाडोल र ३० ग्राम गाँजा बरामद गरेको हो।

प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरी वडा कार्यालय नजिकै सडक किनारमा शंकास्पद अवस्थामा बसेका दुई युवालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका मकवानपुरका अजित दोङ (२५ वर्ष) र बिनय लामा (२१ वर्ष) को साथबाट २५ क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा उनीहरूले लागूऔषध ‘नेपाली चुलो होटल’ की सञ्चालक सरिता माझीबाट खरिद गरेको बताएपछि प्रहरी टोली सो होटलमा पुगेको थियो। हेटौंडा–०२, मानसचोकस्थित उक्त होटलमा संचालक माझीसँगै बसेका उदेश राई (२२ वर्ष) र मनिष तिमल्सिना (२९ वर्ष) लाई समेत नियन्त्रणमा लिएको थियो।

तत्पश्चात, उनीहरूलाई खानतलासी गर्दा थप २६२ क्याप्सुल ट्रामाडोल र ३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

बरामद सामग्रीसहित पाँचै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। यस सम्बन्धमा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM