२०८२ चैत्र १९ गते बिहीबार

जीवन ज्योति स्कुल एवं लायन्स क्लब वीरगञ्ज सेन्ट्रलको संयुक्त आयोजनामा घण्टाघर क्षेत्रमा चिसो पानी वितरण

 

अभिलाष गुप्ता
जेष्ठ ०२ बिरगंज

वीरगञ्जमा बढ्दो गर्मी र लूको प्रभावलाई मध्यनजर गर्दै जीवन ज्योति विद्यालय र लायन्स क्लब वीरगञ्ज सेन्ट्रलको संयुक्त आयोजनामा घण्टाघर क्षेत्रमा चिसो पानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक तथा मानवीय सेवाको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सर्वसाधारण, यात्रु तथा वंचित वर्गलाई चिसो पानी खुवाइयो।

उक्त कार्यक्रम अत्यधिक तापक्रमका कारण सडकमा हिँड्नेलाई राहत दिने उद्देश्यसहित सञ्चालन गरिएको आयोजकहरूले जनाएका छन्। वीरगञ्जको घण्टाघर क्षेत्रमा आयोजित कार्यक्रममा जीवन ज्योति विद्यालयका डाइरेक्टर तथा लायन्स क्लब वीरगञ्ज सेन्ट्रलका जोन चेयर पर्सन मीनाक्षी गुप्ता, विद्यालयका प्रिन्सिपल शिव गुप्ता, शिक्षकगण दीपा थापा, उज्ज्वल घिमिरे, जगदीश झा, राजकुमार गुप्ता तथा विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रह्यो।

विद्यार्थीहरूले स्वयम्सेवी रूपमा पानी वितरणमा संलग्न भई सामाजिक उत्तरदायित्वप्रति आफ्नो चेतना र सहभागिता प्रदर्शन गरेका थिए। कार्यक्रममा लायन्स क्लबका पदाधिकारी मिरा खेतान, सीता अग्रवाल, आशा अग्रवालको विशेष उपस्थिति रहेको थियो, जसले कार्यक्रमको प्रभावकारिता अझ बढाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको समापनमा आयोजकहरूले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय बासिन्दाहरूले समेत यस्तो प्रयासको खुलेर प्रशंसा गरेका छन्। उनीहरूको भनाइमा, यस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश दिनुका साथै समुदायमा सहकार्य र सहानुभूतिको भावना बलियो बनाउँछ।

यो कार्यक्रम वीरगञ्जमा सामाजिक उत्तरदायित्व र सेवाको प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM