२०८२ चैत्र १९ गते बिहीबार

‘मारवाडी प्रिमियर लिग’ (एमपीएल) वीरगञ्जमा सुरु मेयर सिंहद्वारा उद्घाटन, प्रमुख जिल्ला अधिकारीसहित उच्च अधिकारीहरूको उपस्थिति

 

अभिलाष गुप्ता
वीरगञ्ज,०३ जेष्ठ

स्व. सुशील कुमार खेतानको स्मृतिमा आयोजित मारवाडी प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिता शनिबारदेखि वीरगञ्जको आदर्शनगर रंगशालामा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले एक विशेष समारोहबीच गर्नुभयो।

मारवाडी युवा मञ्चको सहकार्यमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरले आयोजना गरेको यस डे–नाइट क्रिकेट प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशेष अतिथिको रूपमा उपस्थित हुनुका साथै सुरक्षानिकाय, व्यापारी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतियोगिता संयोजक प्रकाश खेतानका अनुसार उद्घाटन खेल ट्रिगेरेड आउट र दि न्युट्रिप्लास्ट फाइटरबीच भइरहेको छ। कुल १० टिमको सहभागिता रहेको यस प्रतियोगितामा दैनिक दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो ५ बजेदेखि ७ बजेसम्म तथा दोस्रो खेल ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जानकारी आयोजकले दिएका छन्।

उद्घाटन समारोहमा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक लोकराज भट्ट, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, सञ्चारकर्मी ध्रुब साह, धिरज दारुका लगायतको उपस्थिति रहेको थियो।

समाजसेवी स्व. सुशील कुमार खेतानको नाममा आयोजना गरिएको यो प्रतियोगिता खेलमार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्नुका साथै सामुदायिक एकता, सद्भाव र मनोरञ्जन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितालाई भव्य र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM