२०८२ चैत्र १९ गते बिहीबार

हिन्दू वीर योद्धाहरू राष्ट्रिय समता पार्टी नेपालमा प्रवेश गहवा माई मन्दिरमा दर्शन गर्दै शुभारम्भ, ओमकार परिवारको संरक्षण पार्टीको मूल उद्देश्य

 

अभिलाष गुप्ता
बीरगञ्ज ०३ जेष्ठ

 

राष्ट्रिय समता पार्टी नेपालमा हिन्दू वीर योद्धाहरूको एक समुहले शनिबार औपचारिक प्रवेश गरेका छन्। हिन्दू धर्म, संस्कार र राष्ट्रप्रेममा आधारित सामाजिक अभियानमा सक्रिय रहेका विक्रम बालाजी, रवि सर्राफ, ओम बर्नवाल, सत्यम कर्ण, रंजीत सर्राफ र सत्यम गुप्ता पार्टीमा प्रवेश गरेका प्रमुख नामहरू हुन्।

पार्टी प्रवेशलगत्तै नवप्रवेशी सदस्यहरूले श्री गहवा माई मन्दिरमा पूजा–दर्शन गरी आध्यात्मिक ऊर्जा ग्रहण गर्दै आफ्नो सामाजिक तथा राजनीतिक यात्रा आरम्भ गरेका थिए। दर्शनपछि उपस्थित व्यक्तिहरूले “जय श्रीराम”को उद्घोष गर्दै उत्साहपूर्वक स्वागत तथा एकताको सन्देश प्रवाह गरेका थिए।

राष्ट्रिय समता पार्टी नेपालका नेताहरूले हिन्दू योद्धाहरूको पार्टी प्रवेशलाई ऐतिहासिक र प्रेरणादायी घटनाको रूपमा चित्रण गर्दै पूर्ण समर्थन र सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीका अनुसार नेपालका ९०% ओमकार परिवारहरूको संरक्षण, संस्कार संरक्षण, धार्मिक स्वतन्त्रता र राष्ट्रियता सुदृढ गर्नका लागि पार्टीको स्थापना गरिएको हो।

पार्टीका एक प्रतिनिधिले भने, “हामी कुनै जात, वर्ग वा सम्प्रदायको विरोधमा होइनौं, तर हाम्रो अस्तित्व, परम्परा र संस्कृति जोगाउन हिन्दू समुदाय एकताबद्ध हुनु अत्यावश्यक छ। यस दिशामा राष्ट्रिय समता पार्टी नेपालको अभियान एक संकल्प हो।”

यो अभियानलाई अझ फराकिलो बनाउँदै देशभर हिन्दू युवाहरूलाई संगठित गर्न र समर्पित राष्ट्र निर्माणमा लाग्न पार्टीले आह्वान गरेको छ।

पार्टी प्रवेश कार्यक्रममा सम्पूर्ण नवप्रवेशी वीर योद्धाहरूलाई राष्ट्रिय समता पार्टी नेपालका तर्फबाट हार्दिक स्वागत तथा सम्मान गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM