२०८२ चैत्र २ गते सोमबार

भारत–नेपाल सिमा नजिकै ५ करोड रुपैयाँ बराबरको अफिमसहित एकजना पक्राउ

 

रक्सौल, भारत – भारत–नेपाल सिमाना नजिक पछिल्ला दिनहरूमा लागुऔषध तस्करीको गतिविधि तीव्र रूपमा बढ्दै गएको छ। यद्यपि, भारतीय प्रहरीले समय–समयमा तस्करहरूलाई नियन्त्रणमा लिँदै कारबाही गरिरहेको छ। यसै क्रममा बिहार राज्यको रक्सौल नजिक पर्ने हरैयाथाना क्षेत्रबाट ठूलो मात्रामा अवैध अफिम बरामद गरिएको छ।

प्राप्त जानकारीअनुसार, भारतीय प्रहरीले ४ किलो ९८५ ग्राम अफिमसहित एकजनालाई पक्राउ गरेको छ। अन्तर्राष्ट्रिय बजारमा यसको अनुमानित मूल्य झण्डै ५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। सो अफिम भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रअन्तर्गत पर्ने आईसीपी सडकमा बरामद गरिएको हो।

हरैया थानाका प्रमुख किशनकुमार पासवानका अनुसार, नेपालबाट ठूलो परिमाणमा लागुऔषध भारत ल्याइँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली गठन गरि सघन चेकजाँच सुरु गरिएको थियो। चेकजाँचकै क्रममा उक्त अफिम फेला परेको हो।

पक्राउ पर्ने व्यक्ति पूर्वी चम्पारण जिल्लाको जितना थाना क्षेत्रअन्तर्गत जीतपुर गाउँ निवासी सोनेलाल प्रसादका छोरा रञ्जन कुमार रहेको खुलाइएको छ। प्रहरीले हाल अनुसन्धान सुरु गरिसकेको छ र सो अफिम कहाँ पठाउने तयारी थियो भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको छ।

सिमा क्षेत्रमा यस्ता तस्करीका घटनाहरू बढ्दै गएका कारण सुरक्षा निकायहरू थप सतर्क बन्नु पर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM