२०८२ फाल्गुन २९ गते शुक्रबार

वीरगंजमा ब्रह्माकुमारीज कला तथा संस्कृति प्रभागको क्षेत्रीय शुभारम्भ

 

अभिलाष गुप्ता
जेष्ठ ०४ बिरगंज

 

वीरगंजमा ब्रह्माकुमारीज कला तथा संस्कृति प्रभागको क्षेत्रीय शुभारम्भ, नवपदाधिकारीहरुको स्वागत-सम्मान तथा सपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

ब्रह्माकुमारीज संस्थाको कला एवम् संस्कृति प्रभाग को क्षेत्रीय शुभारम्भ तथा नवनियुक्त पदाधिकारीहरूको स्वागत-सम्मान एवम् सपथ ग्रहण कार्यक्रम अत्यन्तै भव्य, सभ्य र आध्यात्मिक वातावरणमा सम्पन्न भएको छ।

राजयोगिनी ब्रह्माकुमारी रविना दिदीको अध्यक्षता तथा भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष अनिताजीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विविध सांस्कृतिक झल्को, आध्यात्मिक मन्तव्य तथा सेवाभावी उद्गारहरू प्रस्तुत गरिए।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलनसहित विधिपूर्वक गरियो। ब्रह्माकुमारी रविना दिदीले संस्थाको उद्देश्य, कला र संस्कृतिको आध्यात्मिक महत्व, र समाजमा नैतिक मूल्य प्रवर्द्धनको आवश्यकता विषयमा प्रकाश पारिन्। उहाँले भन्नुभयो, “कला र संस्कृति आत्मा-संस्कारसँग गहिरो सम्बन्ध राख्छ, जसले समृद्ध र सभ्य समाजको निर्माणमा मद्दत पुर्‍याउँछ।”

मुख्य अतिथि अनिता जीले ब्रह्माकुमारीजद्वारा समाजमा भइरहेको नैतिक तथा सांस्कृतिक उत्थानको कार्यप्रति सराहना गर्दै भन्नुभयो, “यो संस्था धर्म, संस्कृति र सेवाको प्रतीक हो। आजको युगमा यस्तो संस्थाको योगदान अतुलनीय छ।”

नवपदाधिकारीहरूको विधिपूर्वक सपथ ग्रहणपछि उनीहरूलाई सम्मानपत्र तथा माला द्वारा सम्मान गरियो। उपस्थित पाहुनाहरूले नवपदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना प्रदान गरे।

कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै, ब्रह्माकुमारीजका सेवाकेन्द्र प्रमुख, सदस्यहरू, विद्यार्थी तथा स्थानिय बासिन्दाको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै आयोजक समितिले आगामी दिनहरूमा अझ व्यापक सेवा कार्य गर्ने प्रतिबद्धता जनायो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM