२०८२ चैत्र १९ गते बिहीबार

सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको भूमिकासम्बन्धी कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज,०४ जेष्ठ

तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजना र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा “सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको भूमिका” विषयक एक महत्वपूर्ण कार्यक्रम वीरगञ्जस्थित वृन्दावन होटलमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह रहेका थिए भने विशिष्ट अतिथिको रुपमा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख गनेश अर्यालको उपस्थिति रहेको थियो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, शसस्त्र प्रहरीका एसपी राधेश्याम धिमाल, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास, पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, पटर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष, धोबीनी गाउँपालिकाका अध्यक्ष तथा ठोरी गाउँपालिकाका उपाध्यक्ष लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाका प्रमुखको समेत उपस्थिति रहेको थियो।

सञ्चार क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्न विभिन्न राष्ट्रिय तथा स्थानीय मिडिया हाउसका पत्रकारहरू, संचारकर्मीहरू पनि कार्यक्रममा सहभागी थिए।

उक्त कार्यक्रममा सुशासन प्रवर्द्धन, पारदर्शिता, सेवा प्रवाहमा सहज पहुँच, नागरिक सहभागिता, र स्थानीय तहको उत्तरदायित्वपूर्ण भूमिकाबारे विभिन्न प्रस्तुतिहरू र छलफलहरू गरिएका थिए।

सहभागीहरूले स्थानीय तहबाट प्रदान हुने सेवाहरू अझ प्रभावकारी बनाउन नीति निर्माणदेखि कार्यान्वयनसम्म जनउत्तरदायी र समावेशी दृष्टिकोण अपनाउनु आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रमको समापनमा आयोजक संस्था तथा महानगरका प्रतिनिधिहरूले यस किसिमका बहस तथा छलफलले नीति निर्माणकर्तालाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM