२०८२ चैत्र १९ गते बिहीबार

वीरगंजमा शसस्त्र प्रहरीको छापामारी : झन्डै ७ लाख बराबरको अवैध कपडा बरामद

 

अभिलाष गुप्ता,
वीरगंज जेठ ४

 

शसस्त्र प्रहरी बल नेपाल, पर्साले विशेष सूचनाका आधारमा छापामारी गर्दै झन्डै ७ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ।

२०७८ साल जेठ ४ गते, शसस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज तथा वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१, छपकैया गाउँमा रहेका तीनवटा घरमा छापा मारेको थियो। छापामारीका क्रममा भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको र लुकाई छिपाई गोदाममा भण्डारण गरिएको ६,९८,८०० रुपैयाँ बराबरको कपडा फेला परेको शसस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

बरामद गरिएको कपडा आवश्यक कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ। यस प्रकारका अवैध क्रियाकलापहरू नियन्त्रण गर्न शसस्त्र प्रहरी बल सक्रिय रहेको पनि उनले बताए।

सीमा क्षेत्रमा भइरहेको अवैध तस्करी नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढ्दै गइरहेको सन्देश यस कारबाहीले दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM