२०८२ फाल्गुन २९ गते शुक्रबार

रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरद्वारा बीरगंज निवासी बक्शिश मियाँ अंसारीलाई ७०१ औं निःशुल्क कृत्रिम खुट्टा प्रदान

 

 

अभिलाष गुप्ता
बीरगंज,०५ जेष्ठ

रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरले बारा जिल्ला निवासी बक्शिश मियाँ अंसारीलाई निःशुल्क ७०१ औं तल्लो अप्राकृतिक खुट्टा (कृत्रिम खुट्टा) प्रदान गरेको छ। यस मानवीय सेवामूलक अभियानको सह–आयोजक र स्थानीय संयोजकको रुपमा रोटरी क्लब बीरगंजले प्रमुख भूमिका निर्वाह गरिरहेको छ।

रोटरी क्लब बीरगंजका अध्यक्ष निर्मल खत्रीले यस अभियान मार्फत अपांगता भएका नागरिकहरूलाई नयाँ जीवन दिने काम भइरहेको जनाउँदै समाजको सेवा गर्न क्लब प्रतिवद्ध रहेको जानकारी गराए।

यस प्रोजेक्टलाई दीर्घकालीन रूपमा निरन्तरता दिन बीरगंज निवासी वरिष्ठ समाजसेवी हरि नारायण काबरा ‘अन्नपूर्ण काबरा’ले एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। काबराले यसखाले सामाजिक सेवाले अपांग व्यक्तिहरूको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।

रोटरी क्लब बीरगंजद्वारा सञ्चालित कृत्रिम खुट्टा वितरण अभियानमा हालसम्म सयौं व्यक्तिहरू लाभान्वित भइसकेका छन्। विज्ञहरूका अनुसार एक वटा अप्राकृतिक खुट्टा प्रत्यारोपणमा करिब १६ हजार रुपैयाँ खर्च हुने जानकारी पनि सर्वसाधारणमा दिइएको छ।

रोटरी क्लब बीरगंजको यो प्रयासले अपांगता भएका व्यक्तिहरूको जीवनमा आशाको ज्योति बाल्ने कार्य गर्दै आएको छ। आगामी दिनहरूमा अझ बढी लाभार्थीहरूलाई समेट्ने गरी कार्यक्रमलाई विस्तार गर्ने योजना क्लबले बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM