२०८२ चैत्र ३ गते मंगलवार

एमपीएल २०२५: जग शक्ति फोर्स र वीरगञ्ज बाशर्स विजयी

 

अभिलाष गुप्त
वीरगञ्ज, जेष्ठ ५

स्व. सुशील कुमार खेतानको स्मृतिमा आयोजना भइरहेको मारवाडी प्रिमियर लिग (एमपीएल) २०२५ अन्तर्गत सोमबार तेस्रो दिनका खेलहरू वीरगञ्जको आदर्शनगर रंगशालामा सम्पन्न भए।

पहिलो खेल अन्नपूर्णा टाइगर र जग शक्ति फोर्सबीच भएको थियो। टस जितेको जग शक्ति फोर्सले पहिले बलिङ गर्ने निर्णय लिएको थियो। अन्नपूर्णा टाइगरले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनाउँदै १२७ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफी पारीमा जग शक्ति फोर्स १५ ओभरमा १११ रनमा सीमित हुँदा जग शक्ति फोर्स १५ रनले विजयी भयो।

तेस्रो दिनको दोस्रो खेलमा वीरगञ्ज बाशर्स र ब्लेजिङ हक्सबीच प्रतिस्पर्धा भयो। टस जितेर पहिले ब्याटिङ गरेको वीरगञ्ज बाशर्सले १३८ रनको शानदार योगफल खडा गर्‍यो। १३९ रनको लक्ष्य पछ्याउँदै ब्लेजिङ हक्स १३.४ ओभरमा मात्र ६० रनमै अलआउट भयो। यससँगै वीरगञ्ज बाशर्सले ७८ रनको ठुलो जित हात पार्‍यो। म्यान अफ द म्याच वीरगञ्ज बाशर्सका सरवन नाथ घोषित भए।

एमपीएल प्रतियोगिता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा सञ्चालन भइरहेको छ। डे-नाइट खेल प्रणालीमा सञ्चालन गरिएको यस प्रतियोगितामा १० टोलिहरू सहभागी छन्।

प्रतियोगिता संयोजक प्रकाश खेतानका अनुसार एमपीएलको उद्देश्य युवा खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै सामाजिक एकता र अनुशासनलाई प्रवर्द्धन गर्नु रहेको छ। साथै, यस प्रतियोगितामार्फत स्व. सुशील कुमार खेतानप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM