२०८२ चैत्र २० गते शुक्रबार

उपकार सेवा नेपाल द्वारा पूर्ण रूपमा अशक्त एक व्यक्तिलाई व्हीलचेयर प्रदान

 

अभिलाष गुप्ता
बिरगंज,०६ जेष्ठ

उपकार सेवा नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्ण रूपमा अशक्त एक व्यक्तिलाई व्हीलचेयर प्रदान गरेको छ। बिरगंज महानगरपालिका–१६, ईनर्वा निवासी ती व्यक्तिको घरमै पुगेर संस्था अध्यक्ष विद्या कुमारी सरावगीले एक कार्यक्रमबीच व्हीलचेयर हस्तान्तरण गरिन्।

कार्यक्रममा उपकार सेवा नेपालकी अभिभावक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, युवा नेता ओम प्रकाश सर्राफ लगायत स्थानीय समाजसेवी तथा दानदाताहरूको समेत उपस्थिति रहेको थियो।

अध्यक्ष सरावगीले असक्त नागरिकलाई स्वाभिमानी जीवनयापनमा सहयोग पुर्‍याउन संस्थाले यस्ता कार्यक्रम निरन्तर गर्दै आएको जानकारी दिइन्।

उक्त सहयोगले लाभान्वित व्यक्ति तथा उनका परिवारजनले संस्था तथा सहयोगी मनहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM