२०८२ चैत्र १९ गते बिहीबार

फेम ईन्स्टिच्युट: बिरगञ्जमा मेडिकल प्रवेशको तयारीको अग्रणी केन्द्र

 

 

अभिलाष गुप्ता
बिरगञ्ज ०६ पर्सा

 

पर्सा जिल्लाको शैक्षिक क्षेत्रमा उल्लेखनीय क्रान्ति ल्याउने उद्देश्यले स्थापना गरिएको फेम ईन्स्टिच्युटले आफ्नो पाँचौं वर्षमा प्रवेश गरेको छ। सन् २०२१ मा स्थापना भएको यस संस्थाले छोटो समयमा उल्लेखनीय सफलता हात पार्दै मेडिकल प्रवेशको तयारीमा बिरगञ्जको पहिलो र प्रमुख नामको रूपमा आफ्नो पहिचान बनाएको छ।

संस्थापक डा. मृगेन्द्र यादव र अमित रौनियारको संयुक्त प्रयासमा सुरु गरिएको फेम ईन्स्टिच्युटको प्रारम्भिक लक्ष्य नै मधेस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय तयारीको अवसर दिनु थियो। हाल संस्थाका ईन्चार्ज अमरेश कुमार यादवको व्यवस्थापनमा सञ्चालित यस संस्थामा अनुभवी शिक्षक डा. आशिष झाले शैक्षिक नेतृत्व प्रदान गरिरहेका छन् भने लेखापाल गुडिया गुप्ता आर्थिक व्यवस्थापनमा योगदान दिइरहेकी छिन्।

चार वर्षको छोटो अवधिमा फेम ईन्स्टिच्युटले १० जना विद्यार्थीहरूलाई सफलतापूर्वक मेडिकल प्रवेशमा उत्तीर्ण गराउन सफल भएको छ। उनीहरूको यो उपलब्धिले मधेसका ग्रामीण तथा शहरी क्षेत्रका विद्यार्थीहरूमा नयाँ आशा जगाएको छ।

स्थानीय समुदाय, अभिभावक, तथा विद्यार्थीहरूबीच फेम ईन्स्टिच्युटको लोकप्रियता बढ्दो छ। शैक्षिक गुणस्तर, अनुभवी शिक्षकहरू, र समर्पित व्यवस्थापन टिमको कारण यो संस्था बिरगञ्जमा मेडिकल इन्टरान्स तयारीको विश्वसनीय गन्तव्य बनिसकेको छ।

संस्थाका संस्थापक डा. मृगेन्द्र यादव भन्छन्, “हामीले मधेसका विद्यार्थीहरूलाई काठमाडौं नजान पनि यथेष्ट स्तरको तयारी यहाँ दिन सकिन्छ भन्ने प्रमाणित गरेका छौं।”

फेम ईन्स्टिच्युटको यो सफलताले बिरगञ्ज मात्र होइन, सिंगो मधेस क्षेत्रमा निजी शैक्षिक संस्थाहरूको भूमिका र योगदानप्रति नयाँ दृष्टिकोण विकास गराएको छ। आगामी वर्षहरूमा यो संस्थाले अझ बढी विद्यार्थीहरूलाई राष्ट्रिय मेडिकल इन्टरान्समा सफलता दिलाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM