२०८२ चैत्र १८ गते बुधबार

रोटरी क्लब बीरगंजद्वारा सात दिने मेहन्दी तालिमको भव्य उद्घाटन

 

अभिलाष गुप्ता
बीरगंज, ०६ जेष्ठ

रोटरी क्लब बीरगंजले महिलाहरूको सीप विकास तथा स्वरोजगार प्रवर्द्धनको उद्देश्यले आयोजना गरेको सात दिने मेहन्दी तालिमको उद्घाटन कार्यक्रम बीरगंजको बिर्तास्थित क्लबकै आफ्नै भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रम रोटरी क्लब बीरगंजका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा क्लबका विभिन्न पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा रोटरी क्लब बीरगंजकी सदस्य तथा तालिम संयोजक स्वेता गुप्ताले तालिमको उद्देश्यबारे जानकारी दिँदै महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा क्लबले निरन्तर काम गरिरहेको बताइन्। तालिम सञ्चालनको सम्पूर्ण जिम्मेवारी क्लबका सचिव राकेश मिश्राले बहन गरेका थिए।

कार्यक्रममा क्लबका उपाध्यक्ष अमित गुप्ता, सदस्यहरू डा. प्रेरणा प्रीयदर्शिनी, पुजा खत्री, मुकेश जी, कल्पना भगत, स्वेता अग्रवाल, कृति चौधरी, दिपा रुङटा लगायत अन्य पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

अध्यक्ष निर्मल खत्रीले तालिममा सहभागी भएका ३० जना गरिब तथा विपन्न वर्गका महिलाहरूलाई निःशुल्क तालिम प्रदान गरिने जानकारी दिए। “महिलाहरूले यो तालिमबाट सीप सिकेर आफ्नै खुट्टामा उभिन सक्नेछन् र स्वरोजगारको मार्गमा अग्रसर हुनेछन्”, अध्यक्ष खत्रीले उद्घोष गरे।

सात दिनसम्म चल्ने यो तालिममा श्रृजना चौधरी, सबाना खातुन र रन्जना चौधरी प्रशिक्षकको रूपमा महिलाहरुलाई व्यावसायिक मेहन्दी कला सिकाउँदै छन्। सहभागी महिलाहरू तालिमप्रति अत्यन्त उत्साहित देखिएका छन्।

रोटरी क्लब बीरगंजद्वारा संचालित यो तालिमले महिलाहरूको जीवनस्तर गर्नमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। क्लबले आगामी दिनहरूमा पनि यस्ता सीपमूलक कार्यक्रम निरन्तर गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM