२०८२ फाल्गुन ३० गते शनिबार

ग्रीन सिटी रोयल्सको शानदार जित: ९ विकेटले विजयी

 

अभिलाष गुप्ता
पर्सा, ०६ वीरगंज

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर–१० वीरगंजको आयोजनामा आदर्श रंगशालामा आयोजना गरिएको मारवाडी प्रिमियम लिग (MPL) २०२५ अन्तर्गतको १५ ओभरको रोमाञ्चक क्रिकेट खेलमा ग्रीन सिटी रोयल्सले विकेट्स ओरियार्सलाई ९ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ।

प्रतियोगितामा ग्रीन सिटी रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै लक्ष्यलाई सहजै भेट्टायो। सामुदायिक समन्वय र खेलकुदको माध्यमबाट युवाहरूमाझ सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजित यस प्रतियोगिताले स्थानीय स्तरमा उत्साहजनक सहभागिता पाएको थियो।

कार्यक्रमले युवा प्रतिभाको पहिचानका साथै प्रहरी–समुदाय सहकार्यलाई अझ सशक्त बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM