२०८२ चैत्र १८ गते बुधबार

नयाँ बसपार्कमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
वीरगंज, जेष्ठ ७

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, वीरगंज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर १० को संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–१६ स्थित नयाँ बसपार्क परिसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता जयप्रकाश खेतानले गर्नुभएको थियो।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगंजका प्रमुख डी.एस. मिना, समितिका प्रकाश नेपाल, जिल्ला प्रहरी कार्यालय पर्साका किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, शस्त्र प्रहरीका एसपी राधेश्याम धिमाल, ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, बसपार्क चौकीका सई धीरेन्द्र थपलिया, नगर प्रहरी प्रमुख हरि भुसाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

वृक्षारोपण कार्यक्रममा करिब १०० वटा विभिन्न जातका बिरुवाहरू रोपिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँ, वातावरण शाखाका प्रकाश ऐर, आमोदीन हवारी, समाजसेवी बसन्त प्रसाद उपाध्याय, प्रेम राम, प्रहरी निरीक्षक प्रदीप गोले, सामुदायिक प्रहरी र सेवा केन्द्रका पदाधिकारीहरू लगायत सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले हरियाली प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको आयोजकहरूले बताएका छन्।

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM