२०८२ चैत्र १८ गते बुधबार

गौतम माध्यमिक विद्यालयद्वारा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान

 

अभिलाष गुप्ता
बिरगंज–०७, पर्सा

गौतम माध्यमिक विद्यालय, बिरगंजले शैक्षिक सत्र २०८१ को अन्तिम परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने साथै खेलकुद र विभिन्न अतिरिक्त क्रियाकलापमा अब्बल ठहरिने विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्तिबाट सम्मान गरेको छ।

 

उक्त कार्यक्रम बिरगंज महानगरपालिकाका शिक्षा प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। विद्यालयका प्रबन्ध निर्देशक सोनम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा विद्यालयका प्रिन्सिपल गनेश क्षेत्री, प्रशासन प्रमुख रमेश शर्मा, निर्देशक परिक्षा लामा तथा विद्यालयका पूर्व विद्यार्थी एवं वैज्ञानिक डा. विजय प्रकाश द्विवेदीको पनि उपस्थिति रहेको थियो।

विद्यालयले २०८१ सालको अन्तिम परीक्षामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरूलाई १००% छात्रवृत्ति, द्वितीय स्थान हासिल गर्नेलाई ५०% तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई २५% छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। साथै अतिरिक्त क्रियाकलापमा सफल विद्यार्थीहरूलाई समेत २५% छात्रवृत्ति प्रदान गरिने जानकारी विद्यालय प्रशासनले दिएको छ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन शिक्षक सौराज प्रधानले गर्नुभएको थियो।

विद्यालयले यस्तो खालको कार्यक्रम मार्फत विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने विश्वास लिएको छ। शैक्षिक तथा व्यक्तित्व विकासमा विद्यालयले अघि सारेको यो कदम शिक्षाको गुणस्तर सुधारतर्फको सकारात्मक प्रयासको रूपमा लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM