२०८२ चैत्र १८ गते बुधबार

मारवाडि प्रीमियर लिगमा वीरगंज बाशर्स र जग शक्ति फोर्सको विजयी प्रदर्शन

 

अभिलाष गुप्ता
वीरगंज, ११ जेठ

आज सम्पन्न प्रतियोगिताका दुबै खेलमा वीरगंज बाशर्स र जग शक्ति फोर्सले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः ८ विकेट र २५ रनको फराकिलो अन्तरले विजयी भएका छन्।

पहिलो खेल:
पहिलो खेलमा वीरगंज बाशर्सले ग्रिन सिटी रोयल्सविरुद्ध एकतर्फी प्रदर्शन गर्दै ८ विकेटको शानदार जित हासिल गर्‍यो। ग्रिन सिटी रोयल्सले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ८८ रनमा ८ विकेट गुमायो।

बलरहरूको उत्कृष्ट प्रदर्शनपछि बाशर्सका ब्याट्सम्यानहरूले आक्रामक सुरुवात गरे। उनीहरूले ६.५ ओभरमै ९२ रन बनाउँदै मात्र २ विकेटको क्षतिमा लक्ष्य पछ्याउन सफल भए।

दोस्रो खेल:
दोस्रो खेलमा जग शक्ति फोर्सले सन्तुलित खेल प्रदर्शन गर्दै ट्रिगर आउट बुल्सलाई २५ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गर्दै जग शक्ति फोर्सले ७ विकेटको क्षतिमा ९७ रन बनायो। बलरहरूले राम्रो लाइन र लम्बाईमा बलिङ गर्दै विपक्षीलाई दबाबमा राखे।

लक्ष्य पछ्याउन उत्रिएको ट्रिगर आउट बुल्स ७२ रनमै समेटियो। सुरुदेखि नै दबाबमा देखिएको बुल्सको पारी विपक्षी बलरहरूको प्रभावशाली प्रदर्शनका अगाडि लामो टिक्न सकेन।

यी दुई जितसँगै वीरगंज बाशर्स र जग शक्ति फोर्स दुवै टिम प्रतियोगितामा बलियो दाबेदारका रूपमा उभिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM