२०८२ फाल्गुन २० गते बुधबार

पर्सामा सर्वदलीय बैठक सम्पन्न, गणतन्त्र दिवसमा दीपोत्सव गर्ने निर्णय

 

अभिलाष गुप्ता
बिरगंज, जेष्ठ १३

गणतन्त्र दिवस २०८२ को अवसरमा पर्सा जिल्लामा दीपोत्सव आयोजना गर्ने निर्णय गर्दै प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठक आज सम्पन्न भएको छ। नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा बसेको बैठकले जेठ १५ गते साँझ ६ बजे गहवामाई मन्दिर अगाडि दीप प्रज्वलन कार्यक्रम गर्ने निर्णय गरेको हो।

गणतन्त्रको सम्मान र गौरवमा समर्पित यस दीपोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न दलहरूबीच सहमति जुटेको छ। बैठकमा नेकपा एमाले पर्साका सचिव महेश दास, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, केन्द्रीय सदस्य मनोज चौधरी, कांग्रेसका प्रवक्ता राकेश पाण्डेय, जनमत पार्टीका प्रदेश सदस्य राजनारायण मिश्र तथा महानगर अध्यक्ष महादेव शर्मालगायत नेताहरूको सहभागिता रहेको थियो।

बैठकले दलहरूबीच आपसी सहकार्य र समझदारीमा आधारित रहेर गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने प्रतिबद्धता जनाएको छ।

यस कार्यक्रमले जनताको सहभागिता सुनिश्चित गर्दै लोकतन्त्रप्रतिको सम्मान अझै सुदृढ हुने आशा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM