२०८२ चैत्र १८ गते बुधबार

वीरगंज कारागारमा गणतन्त्र दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
वीरगंज,१५ जेष्ठ

गणतन्त्र दिवस २०८२ को अवसरमा वीरगंज कारागार परिसरमा एक विशेष बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। डा. गोबिन्द बहादुर थापा स्मृति प्रतिष्ठान तथा प्रभु हस्पिटल वीरगंजको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा ३ महिला कैदी, ३ जना शसस्त्र प्रहरी सहित कुल १४० जनाले रक्तदान गरेका छन्।

रक्तदानमा सहभागीहरूमध्ये कैदीबन्दी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। उनीहरूमा सामाजिक सेवा र मानवता प्रतिको उच्च भावना प्रष्ट देखिएको कार्यक्रम संयोजक सामाजिक अभियन्ता दिलीपराज कार्कीले बताए।

कार्यक्रममा विशिष्ट अतिथि रूपमा वीरगंज कारागारका जेलर रुपक मण्डल, पर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रा, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लिकराज भट्ट, तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंको विशेष उपस्थिति रहेको थियो।

रक्तदान गर्ने व्यक्तिहरू दिपक महतो, अशोक लोहार, पवन कुमार झा, जोतिलाल साह, राजेश सहनी, राधेश्याम पटेल, गुडु यादव लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डे, तथा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता र महेश सिंह धामीको उपस्थिति पनि रहेको थियो।

कार्यक्रममा वीरगंज कारागार, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी, र लायन्स क्लब अफ वीरगंज प्रभुले सहयोगी संस्थाको भूमिका निर्वाह गरेका थिए।

गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा आयोजित यो रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवता, र राष्ट्रिय एकताको सन्देश फैलाएको आयोजकहरूले बताएका छन्। वीरगंजको सामाजिक परिवेशमा सकारात्मक ऊर्जा थप्ने यस कार्यक्रमको प्रशंसा विभिन्न तहबाट भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM