२०८२ फाल्गुन ३० गते शनिबार

जीवन ज्योती माध्यमिक विद्यालयमा गणतन्त्र दिवसको अवसरमा ब्याच वितरण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
वीरगंज, १५ जेठ

 

१८ औं गणतन्त्र दिवसको अवसरमा वीरगंजस्थित जीवन ज्योती माध्यमिक विद्यालयले विशेष ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। अंग्रेजी भाषाको प्रयोग, अनुशासन, पठनपाठनमा उत्कृष्टता देखाएका तथा शिक्षण क्षेत्रमा सुधार ल्याएका विद्यार्थीहरूलाई विद्यालयले सम्मानस्वरूप ब्याच प्रदान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्यदूत डिएस मीनारले विद्यार्थीहरूलाई ब्याच वितरण गर्दै शुभकामना व्यक्त गरे। उनले विद्यार्थीहरूलाई राष्ट्रको भविष्यका रूपमा उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूमा आत्मविश्वास र प्रेरणा थप्ने विश्वास व्यक्त गरे। साथै, विद्यालयको अनुशासित वातावरण र शैक्षिक गतिविधिहरूको प्रशंसा गर्दै विद्यालय परिवारलाई धन्यवाद दिए।

प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधानले विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तरता दिँदै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र उर्जा उत्पन्न गर्ने बताए।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पर्साका वरिष्ठ सई गुर्णनिधी खकुरेल, सनलाइट स्कुलका सञ्चालक आलोक चौरसिया, गरिमा विकास बैंक पर्सा शाखाका प्रबन्ध निर्देशक राजिद कुमार, सञ्चारकर्मी आनन्द पटेल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विद्यालयका प्रबन्ध निर्देशक शिवजी गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक उज्ज्वल घिमिरेले गरेका थिए। निर्देशक गुप्ताले प्रत्येक वर्ष नियमित रूपमा ब्याच वितरण गर्दै आएको उल्लेख गर्दै यस वर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई आभार व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM