२०८२ चैत्र १८ गते बुधबार

बिरगंजको घन्टाघर क्षेत्रमा ट्राफिक प्रहरीको कडा चेकिङ : २० जना सवारी चालकलाई कारबाही

 

अभिलाष गुप्ता
जेष्ठ १६ बिरगंज

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोक राज भट्टको निर्देशनमा पर्सा जिल्ला अन्तर्गत सवारी नियम उल्लंघन गर्नेहरू विरुद्ध सशक्त चेकिङ अभियान सञ्चालन गरिएको छ। यही अभियान अन्तर्गत बिरगंजको मुटु मानिने घन्टाघर क्षेत्रमा कडा निगरानीका साथ ट्राफिक चेकिङ गरिएको हो।

चेकिङ टोलीको नेतृत्व असई देवश श्रेष्ठले गर्दै आएका छन्। उनको समन्वयमा खटिएको ट्राफिक टोलीले सवारी नियम उल्लंघनमा संलग्न ५ जनालाई अनलाइन चालानमार्फत जरिवाना गरेको छ भने १५ जनालाई सवारी चिट काटी कारबाही गरिएको छ।

ट्राफिक प्रमुख भट्टले सार्वजनिक सवारी सुरक्षामा कुनै सम्झौता नहुने भन्दै नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्। उनले भने, “बिरगंज शहरमा ट्राफिक व्यवस्थापन चुस्त पार्न हामी निरन्तर अनुगमन तथा कारबाहीमा सक्रिय छौं।”

 

ट्राफिक प्रहरीका अनुसार कारबाहीमा परेकामध्ये हेलमेट नलगाउने, सवारी अनुमतिपत्र नबोक्ने, लापरवाहीपूर्ण गाडी चलाउने लगायतका कारणले कारबाही गरिएको हो। चेकिङ अभियानले ट्राफिक नियम पालनामा नागरिकको जिम्मेवारी र सजगता बढाउने विश्वास लिइएको छ।

यस अभियानलाई अझ प्रभावकारी बनाउँदै ट्राफिक प्रहरीले आगामी दिनहरूमा पनि विशेष चेकिङ सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM