२०८२ चैत्र १८ गते बुधबार

एल.एस. न्यूरो एण्ड जेनेरल हस्पिटलद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज,१६ बारा

एल. एस. न्यूरो एण्ड जेनेरल हस्पिटल प्रा. लि., नौतन–५, बाराद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबारका दिन हस्पिटलको हलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो। पछिल्लो केही दिनदेखि वीरगंज क्षेत्रमा अत्यधिक गर्मीका कारण रक्त अभाव सिर्जना भएपछि जीवनदायिनी रक्तको आपूर्ति सुनिश्चित गर्न यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बारा जिल्लाको परवानीपुर गाउँपालिकाका मेयर राम क्षेत्रीको गरिमामय उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता एल. एस. न्यूरो एण्ड जेनेरल हस्पिटलका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले गर्नुभएको थियो।

विशिष्ट अतिथिहरूको रुपमा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृज किशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, हस्पिटलका प्रशासन प्रमुख विनोद पटेल, तथा गण्डक प्रहरी बाराका इन्स्पेक्टर टुपेन्द्र श्रेष्ठ लगायत विभिन्न सामाजिक र प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू सहभागी भएका थिए।

रक्तदान कार्यक्रम अत्यन्त उत्साहजनक रुपमा सम्पन्न भएको थियो जसमा २२ जना महिलासहित जम्मा ५२ जनाले रक्तदान गरेका थिए।

रक्तदान गर्ने व्यक्तिहरूमा सुमिन्त्रा कुमारी, गोविन्द साह, विक्रम चौधरी, डा. अनुज पटेल, सुनिल कुमार, दीपक साह, सगम साह, अनुषा, करुणा कार्की, डा. अब्तुश कास, डा. ओम गुप्ता, ऐशा सुनार, सन्दीप कुमार लगायतका सामाजिक रूपले सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र वीरगंजका प्राविधिक मनिष गुप्ता र समीर आलम लगायतको टोलीले प्राविधिक सहयोग प्रदान गरेका थिए।

यस रक्तदान कार्यक्रममार्फत वीरगंजमा देखिएको रक्त अभाव केही हदसम्म समाधान हुने विश्वास लिइएको छ। आयोजक संस्थाले आगामी दिनहरूमा पनि यस्ता मानवीय सेवामा निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM