२०८२ फाल्गुन २१ गते बिहीबार

चलचित्र मार्फत पर्यटनको प्रबद्र्धन गर्न मेयर सिंहलाई चलचित्र पत्रकार संघ पर्साको आग्रह

 

अभिलाष गुप्ता
वीरगंज, १६ जेठ

चलचित्र पर्यटन प्रवद्र्धनको सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ ।

शुक्रबार महानगर प्रमुख सिंहलाई बुझाइएको उक्त पत्रमा चलचित्रमार्फत वीरगञ्जको पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गर्न सकिने र यसले स्थानीय पर्यटनलाई प्रत्यक्ष रूपमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ । संघले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट, नीति तथा कार्यक्रममा चलचित्रसँग सम्बन्धित कार्यक्रम समावेश गर्न अनुरोध गरेको छ ।

पत्रमा वीरगंजका पर्यटकीय स्थानहरूमा सिनेमा संवाद कार्यक्रम सञ्चालन गर्न सकिने, यहाँका कलाकारलाई प्रोत्साहित गर्ने र लेखन कार्यशाला सञ्चालन गर्न सकिने सुझावहरू समावेश गरिएको छ । यस्ता कार्यक्रमले सिर्जनात्मक क्षमताको विकाससँगै स्थानिय प्रतिभालाई पनि उजागर गर्ने संघका अध्यक्ष सूर्यनारायण वि.क.को विश्वास छ ।

अध्यक्ष वि.क.सँगै उपाध्यक्ष आनन्द पटेल, सदस्यद्वय समिना रञ्जितकार र रश्मिराज भण्डारीले मेयर सिंहलाई भेटी पत्र बुझाएका हुन् । सो अवसरमा मेयर सिंहले संघको पहलप्रति प्रसन्नता व्यक्त गर्दै चलचित्र पत्रकार संघ पर्सालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

संघले प्रस्तुत गरेको पत्रमा लेखन, संवाद, निर्देशन र दृश्य–श्रव्य तालिमदेखि लिएर स्थानिय स्तरमा चलचित्र गतिविधि सञ्चालन गर्न सकिने विषय उल्लेख गरिएको छ । वीरगञ्जलाई कला, संस्कृति र पर्यटनको संगमस्थल बनाउने महानगरको प्रयासप्रति संघको कार्यक्रमले सघाउ पुग्ने मेयर सिंहको बुझाई छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM