२०८२ चैत्र १८ गते बुधबार

कंचनजंगा बोर्डिङ स्कुलमा ब्याच वितरण एवं सपथ ग्रहण कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
वीरगंज,१८ जेष्ठ

वीरगंज वडा नम्बर ७ रामटाेलस्थित कंचनजंगा बोर्डिङ स्कुलले आज एक विशेष कार्यक्रमको आयोजना गरि ब्याच वितरण एवं सपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। अनुशासन, पठनपाठनमा उत्कृष्टता देखाएका तथा शिक्षण क्षेत्रमा सुधार ल्याएका विद्यार्थीहरूलाई विद्यालयले सम्मानस्वरूप ब्याच बितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथी समाजसेवी एवं एनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईको आतिथ्यमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक देवेश मानवसेवा र संचारकर्मी अभिलाष गुप्ता,मुनलाईट स्कुलका संचालक सुलभ केसिले विद्यार्थीहरूलाई ब्याच वितरण गर्दै शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख अतिथीका अनुसार विद्यार्थीहरूलाई राष्ट्रको भविष्यका रूपमा उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूमा आत्मविश्वास र प्रेरणा थप्ने विश्वास व्यक्त गरे। साथै, विद्यालयको अनुशासित वातावरण र शैक्षिक गतिविधिहरूको प्रशंसा गर्दै विद्यालय परिवारलाई धन्यवाद दिए।

मानवसेवा आश्रमका संस्थापक देवेश मानवसेवाले विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तरता दिँदै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र उर्जा उत्पन्न गर्ने बताए।

विद्यालयका निर्देशक माटिेन मोक्तानले प्रत्येक वर्ष नियमित रूपमा ब्याच वितरण गर्दै आएको उल्लेख गर्दै यस वर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई आभार व्यक्त गर्दै विद्यार्थीहरु लाई हौसला प्रदान गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM