२०८२ चैत्र १८ गते बुधबार

क्वालालम्पुरमा नेपाली समाज मलेसियाको नयाँ कार्यसमिति चयन, भव्य शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

क्वालालम्पुरमा नेपाली समाज मलेसियाको नया

सद्दाब
क्वालालम्पुर, मलेसिया

मलेसियाको क्वालालम्पुरमा बसेको नेपाली समाज मलेसियाको विशेष भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै एक भव्य संस्थागत शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल र मलेसियाका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विशेष भेलाले सर्वसम्मत निर्णय गर्दै विनोद कुमार यादवलाई अध्यक्ष चयन गर्दै नयाँ नेतृत्वको टुंगो लगाएको छ। पूवराज चौलागाईं र ङावाङ नुरी शेर्पा उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा विप्लवी तेन्जु योन्जन, सचिवमा विक्रम याख्खा, सहसचिवमा राम प्रवेश राय यादव र उपसचिवमा घुरण ठाकुर चयन भएका छन्।

सदस्यहरूमा भग नारायण यादव, वरहम देव शाह, श्रीराम मण्डल, खगेन्द्र यादव, सुरेश यादव, राम विनय साह, रन्जीत सन्त, कर्ण विर सिंह, दामोदर यादव, उमेश यादव, ललित मान तामाङ, प्रेम मुखिया, मनीष यादव, सुदामा यादव, विपना कार्की, देव साहु सोनार, कमल सिंह तामाङ, शिव शंकर साह, रामशरण यादव र पिताम्बर सरदार रहेका छन्।

कार्यक्रमको प्रमुख आतिथ्य जनता समाज पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले गरेका थिए।
विशिष्ट अतिथिका रूपमा मलेसियास्थित नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिमल्सिनाको उपस्थिति रहेको थियो।

अन्य विशिष्ट अतिथिहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा,सेन्टर फर साउथ काठमाडौंका डाइरेक्टर डा. निश्चलनाथ पाण्डे,मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता (राजु),आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई,डेमोक्रेटिक एक्सन पार्टीकी अन्तर्राष्ट्रिय सचिव तथा पूर्व सांसद कस्तुरी पट्टो,बुकित गासिङ राज्यसभा सदस्य राजिव रिश्याकरन,सिटी काउन्सिलर पेतालिङ जयाका कुसालिनी महेन्द्रन,डिएपी समाजवादीका युवा उपाध्यक्ष इस्कन्दर फारीज,बंगलादेश नेशनलिष्ट पार्टीका महेबु आलम,एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतो,एनआरएनएका एशिया प्यासिफिक संयोजक हरि प्रसाद भट्टराईएन आरएनएका पूर्व सचिव तथा अभियन्ता खगेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले मलेसियामा रहेका नेपालीहरूबीच सामाजिक एकता, सहयोग र नेतृत्व विकासमा महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ। नयाँ कार्यसमितिले प्रवासी नेपाली समुदायको हकहितमा क्रियाशील भएर काम गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM