२०८२ फाल्गुन २९ गते शुक्रबार

वीरगन्जबाट चोरी भएका दुई मोटरसाइकलसहित सर्लाही र बाराबाट दुई चोर पक्राउ

 

अभिलाष गुप्ता
जेष्ठ १८वीरगन्ज

वीरगन्जका दुई फरक स्थानबाट चोरी भएका मोटरसाइकलसहित दुई जना व्यक्तिहरूलाई प्रहरीले सर्लाही र बाराबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका–४ का २१ वर्षीय राधेश्याम यादव र बाराको बारागढी गाउँपालिका–१ का २५ वर्षीय रूपेश चौधरी रहेका छन्।

बैशाख २३ गते, वीरगन्ज महानगरपालिका–१३ स्थित मुर्लीको नयाँ टोलमा स्थानीय सारजा खातुनको नाममा दर्ता भएको मधेश प्रदेश ०३–०२७ प ५५५५ नम्बरको मोटरसाइकल घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो।
घटनाको अनुसन्धान गर्दै जाँदा जेठ १६ गते राधेश्याम यादवलाई सोही मोटरसाइकलसहित सर्लाहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जेठ १७ गते, वीरगन्ज महानगरपालिका–४ अमरचोकमा बसोबास गर्ने प्रमोद साहको नाममा दर्ता भएको प्रदेश २–०३–०२२ प २७७६ नम्बरको कालो-रातो पल्सर मोटरसाइकल पनि घर अगाडि पार्किङ गरिएको ठाउँबाट चोरी भएको थियो।यस घटनामा संलग्न रूपेश चौधरीलाई चोरी गरिएको सो मोटरसाइकलसहित बाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले सार्वजनिक स्थानमा पार्किङ गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गर्दै यस्ता चोरीमा संलग्न समूहको खोजी कार्य अझ तीव्र बनाइएको जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM