अभिलाष गुप्ता
जेष्ठ १९ बिरगंज
वीरगञ्जस्थित मास्कोट एकेडेमीले प्रत्येक वर्षझैँ यस वर्ष पनि वार्षिक पुरस्कार वितरण समारोह तथा शपथ ग्रहण समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यालय स्तरीय चुनावबाट चयन गरिएका विद्यालयका कप्तान, उपकप्तान तथा “स्टुडेन्ट अफ दि इयर” शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।विद्यालयका अनुसार कक्षा १० का प्रज्वल सिंह विद्यालय कप्तान, बिपना चौधरी उपकप्तान तथा सभ्दा कुमार शर्मा वर्ष २०८१ का उत्कृष्ट विद्यार्थी घोषित भएका छन् ।

कार्यक्रमको अध्यक्षता विद्यालयका निर्देशक छेडूप लामाले गरेका थिए भने प्रमुख अतिथि नर्सरी कक्षाका विद्यार्थी नवीन खड्का रहेका थिए ।कार्यक्रमको आरम्भमा आकर्षक मार्च पास्ट, सांस्कृतिक प्रस्तुतिहरू, शपथ ग्रहण समारोह र ब्याज वितरण गरिएको थियो । कप्तान, उपकप्तान, प्रिफेक्ट, कक्षा मोनिटर लगायत जिम्मेवार विद्यार्थीहरूलाई सम्मानसहित शपथ गराइएको थियो ।
त्यस्तै कक्षा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरू, इन्टर हाउस प्रतियोगिताका विजेता, विद्यालय टपर आयुष पाण्डित, उच्च उपस्थिति हासिल गर्ने विद्यार्थी आन्वी गुप्ता, अनुशासित विद्यार्थी जोया खातुन र आरव राज कर्ण, स्वच्छता र पोसाकमा उत्कृष्ट आयुषी श्रेष्ठलगायातलाई पुरस्कृत गरिएको थियो । समग्रमा सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै “रेड हाउस” ले रनिङ सिल्ड जित्न सफल भएको विद्यालय व्यवस्थापनले जनाएको छ ।

सम्पूर्ण कार्यक्रम विद्यालयकी प्रधानाध्यापक सरिता खड्गीको संयोजनमा सम्पन्न भएको थियो भने कार्यक्रमलाई शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिले थप भव्य र सफल बनाएको थियो ।कार्यक्रमको अन्त्यमा विद्यालयका अध्यक्ष छेडूप लामाले सबैलाई धन्यवाद दिँदै समारोह सम्पन्न गरेका थिए।








