२०८२ चैत्र १८ गते बुधबार

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन छात्रावासलाई इन्भर्टर र ब्याट्री सहयोग

 

अभिलाष गुप्ता
जेष्ठ २० बिरगंज

वीरगंज, मधेश प्रदेश — संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कृष्णप्रणामी चोक शाखाले श्री त्रि-जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयको दृष्टिविहीन छात्रावासलाई इन्भर्टर र ब्याट्री प्रदान गरी सहयोग गरेको छ।

उक्त सहयोग कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्री नविन कुमार मिश्रालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो। सहयोग हस्तान्तरणको अवसरमा बैंकको मधेश प्रदेश क्लस्टर–२ का प्रमुख श्री सुरेश प्रसाद थपलिया, कृष्णप्रणामी चोक शाखाका प्रमुख श्री प्रशान्त कुमार कर्ण, तथा शाखाका कर्मचारी श्री दिपु गुप्ता उपस्थित थिए।

सिटिजन्स बैंकले सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।

हाल, बैंकले मधेश प्रदेशभर २९ वटा शाखा, जसमा वीरगंजको आदर्शनगरस्थित शाखा र बाईपास रोडस्थित कृष्णप्रणामी चोक शाखा समेत पर्दछन्, मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM