अभिलाष गुप्ता
जेष्ठ २० बिरगंज
शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश सरकारको सहकार्यमा मधेश प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयको सहकार्यमा नेपाली छोरीहरूका लागि निशुल्क लोकसेवा आयोग तयारी कक्षाको उद्घाटन सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य तथा पूर्व भौतिक योजना तथा विकास मन्त्री माननीय जितेन्द्र सोनलले गर्नुभयो। उहाँले महिला तथा छोरीहरूको सशक्तिकरणका लागि यस्तो कार्यक्रम ‘बर्दान’ सावित हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल स्किल डेभलपमेन्ट फर्मद्वारा सञ्चालित यस कार्यक्रमको अध्यक्षता संस्था प्रमुख आरती कुमारी पटेलले गर्नुभएको थियो।
अतिथिको उपस्थिति
कार्यक्रममा उच्च अदालत जनकपुरधामका अस्थायी इजलासका कर्मचारी अमर सुनुवार, नेता श्रीराम गिरी, जिल्ला अदालत पर्साका अधिकृत मदन बेलबासे, राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालयका कर्मचारी आलोक कुमार कर्ण तथा अप्लेश मिश्रा,बृजेश पटेलको विशेष उपस्थिति रहेको थियो।
पाँच जिल्लाका छात्राहरू लाभान्वित
उक्त कक्षा पर्सा, बारा, रौतहट, महोत्तरी र सप्तरी जिल्लाका छात्राहरूका लागि खुला गरिएको छ। कार्यक्रममा लोकसेवा तयारी गरिरहेका विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








