अभिलाष गुप्ता
जेष्ठ २२ बिरगंज
पर्सा, बिन्दावासिनी – भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले बिन्दावासिनी गाउँपालिकामा अवस्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालयको हालै भ्रमण तथा अवलोकन गरेका छन्। भ्रमणको क्रममा अध्यक्ष अहमदले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था प्रत्यक्ष रूपमा निरीक्षण गर्दै अझै धेरै सुधारको आवश्यकता रहेको महसुस गरेका छन्।
अध्यक्ष अहमदले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न आवश्यक सहयोग र समन्वयका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, विद्यालयको विकासमा अग्रसर मुकेश चौरसिया निरन्तर लागिरहेकामा उहाँको योगदानको प्रशंसा गर्दै समाजप्रति उहाँको समर्पण अत्यन्त सराहनीय भएको उल्लेख गरेका छन्।
स्थानियस्तरमा शिक्षा र सामाजिक विकासमा सक्रिय व्यक्तित्वहरूप्रति अध्यक्ष अहमदले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त प्रयासका लागि शुभकामना समेत व्यक्त गरेका छन्।








